काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।
राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक रदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । अबको केही दिनको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो ।धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्