काठमाडौं, भदौ ५ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्राथमिकताको सूचिमा राखेर खोपको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको २१औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको पदभार हस्तान्तरणरपदभार ग्रहण तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिलाई सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले खोप नपाएसम्म व्यवसायिक गतिविधिहरु अगाडि बढ्न नसक्ने बताउनुभएको हो । अहिले कोभिड महामारीमा व्यावसायिक गतिविधिहरु ठप्प प्राय छन् ।
आर्थिक तथा व्यवसायिक गतिविधि अगाडि बढाउन कोभिढ विरुद्धको खोप अनिवार्य विषय बनेको छ । आर्थिक गतिविधि सञ्चालन तथा विस्तारका लागि सबै व्यवसायीहरुलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो । भूकम्पपछि बन्द रहेको कोदारी राजमार्गको बारेमा बोल्दै ढकालले भन्नुभयो – चीनसँग नेपालको व्यापारिक सम्बन्धका लागि कोदारी राजमार्गको महत्व ठूलो रहेको छ । समुद्रीमार्गबाट सामान ल्याउन महिनौ लाग्ने हुनाले यसलाई सञ्चालनमा ल्याउन नेपाल सरकारले पहल गरोस् ।सरकारले क्रमश निजी क्षेत्रका सुझावहरु ग्रहण गर्ने गरेको बताउँदै उहाँले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पूर्णरुपमा परिवर्तन आउनुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्