जनता टाइम्स

६ भाद्र २०७८, आईतवार ०८:३७

जाजरकोटमा एमालेप्रति ह्वात्तै बढ्यो आकर्षण : नलगाडको सिंगो गाउँमै रित्तियो कांग्रेस-माओवादी


जाजरकोट, भदौ ६ । जाजरकोटको नलगाड नगरपालिमा बिभिन्न पार्टी परित्याग गरी सिंगो गाउँका सवै नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नलगाड नगरपालिका १, अनापानीका ३५ भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस, माओवादी र राप्रपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।

वडा कमिटीको कार्यालय स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला समिति सदस्य विरबहादुर पुन, अम बहादुर चनारा, नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य शान्त बहादुर विक, रक्तिम विक, पुर्णबहादुर विक, टकबहादुर महर, लुस बहादुर पुन, मन बहादुर विक, जगमोहन विक, भद्रे घेत्माल र चन्द्रबहादुर विक माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।

सोही कार्यक्रममा माओवादीका स्थानीय नेताहरु अविलाल विक, चन्द्रकला विक, शुसिला विक, सिता विक, अस्मिता विक, पार्वती विक, खले दमाई, सदे घर्ती, लछे कामी लगायतका माओवादी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । माओवादी , कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको उहाँहरुले बताउनु भयो । यसैगरी नेपाली कांग्रेसका वडा सदस्य पुर्णप्रसाद जैसी लगयतका कार्यकर्ता पनि पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेका स्थानीय नेताहरु धन बहादुर रावल, सुरेश नेपाली, प्रकाश विक, धनविर चदारा, जनक नेपाली लगायतका नेताहरुको सकृयतामा भएको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य डम्बर बहादुर सिंह, धरम शाही, पूर्वपार्टी सचिव नवराज सिंह, प्रेश चौतारीका प्रदेश इन्चार्ज विरबहादुर गिरी लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै उचित जिम्मेवारी सहित पार्टीमा कृयाशील बनाउने बताउनु भएको छ ।