जनता टाइम्स

७ भाद्र २०७८, सोमबार ०७:३१

भागेर दिल्ली आएका अफगान सिनेटरले रुँदै सुनाए काबुलको पीडादायी कथा



नयाँ दिल्ली भदौ ७ । तालिवानले राजधानी काबुल नियन्त्रण लिएसँगै अफगान छोड्न चाहनेको संख्या दिनहुँ बढ्दो छ । बढ्दो असुरक्षा र त्रासबीच अफगानी सर्वसाधरण र राजनीतिज्ञहरुले देश छाडेका छन् । आईतबार मात्र दुई अफगानी सिनेटर देश छोडेर भारत आइपुगेका छन् । १ सय सात भारतीयसँगै ती सिनेटर भारत पुगेका हुन । भारत फर्किएका सिनेटरमध्ये नरेन्द्र सिंह खल्सा निकै भावुक देखिनुभयो ।

अफगानिस्तानको अवस्थाबारे आँशु झादै उहाँले भन्नुभयो, ‘म निकै दुःखित छु । २० वर्षअगाडि बनेका सबै संरचना अहिले ध्वस्त छन् । अफगानिस्तान शून्यमा झरेको छ ।’ भारत फर्किएका अधिकांशले तालिवानको बिरोध गरेका छन् । आफूहरुलाई तालिवानले विमानस्थलबाट फर्कन दबाब दिएको उनीहरुले बताएका छन् । ‘हामी धेरै पटक विमानस्थल धाउनु पर्यो । तालिवान निर्दयी र पाशविक रहेछन् । उनीहरुले हामीलाई धेरै दुःख दिए, ’ भारत फर्किएका एक शिखले भन्नुभयो । तालिवानले उनलाई विमानस्थलबाट बारम्बार फर्किन दबाब दिएका थिए ।

अफगानिस्तानमा अब बस्न सक्ने अवस्था नभएकोले आफू फर्किएको भारतीयसँगै दिल्ली पुगेका अर्का तालिवानले बताएका छन् । ‘अफगानिस्तानको अवस्था भयाबह छ, त्यही भएर मेरा दुई छोरी र नातिनी लिएर भारत आएको हुँ । भारतीय दाजुभाइ र दिदीबहिनीले गरेको उद्दारप्रति कृतज्ञ छु । ’ उहाँले भन्नुभयो ।

उनीहरु भारतीय एयर फोर्सको विमानबाट आईतबार दिल्लीनजिकैको विमानस्थलमा उत्रिएका थिए । अफगानिस्तानमा बिचल्लीमा परेका आफ्ना नागरिक फर्काउन भारतले दैनिक काबुलबाट दुई उडान सुरु गरेको छ ।