काठमाडौं, भदौ ७ । एमाले उपाध्यक्ष बामदेव गौतमले माधवकुमार नेपाल नतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आउनका लागि शर्त राख्नभएको छ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न इच्छा व्यक्त गर्दै सो सर्त पूरा भए एमाले छाडेर आउने प्रस्ताव गौतमले राख्नुभएको स्रोतले बताएको छ ।
पछिल्लोसमय गौतम यता न उताको अवस्थामा रहनुभएको छ । एमालेमा केही समय बैठकमा सहभागी हुनुभएका गौतम माधवले पार्टी बिभाजन गर्नु केही दिनअघिदेखि बैठकमा जानसमेत छाडनु भएको थियो । सत्ता भागबण्डामा एकीकृत समाजवादीले ५ मनलयसहित ५ मन्त्री पाउने तय भएपछि बामदेव सो पार्टीबाट नेतृत्व गरेर सरकारमा सहभागी हुने चाहना सुनाउनु भएको माधव निकट एक नेताले जनताटाइम्सलाई बताए । यस्तै बामदेवले कार्यबहाक अध्यक्ष चाहिने सर्त पनि राख्नुभएको स्रोतको भनाई छ ।
नेकपा एमालेबाट विभाजित माधव नेपाल समुहले शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी बराबरकै हैसियतामा भागबण्डा पाउने सहमति भइसकेको छ । सो सहमतिअनुसार सत्ता गठबन्धनबीच मन्त्रालयको बाँडफाँट लगभग टुंगिएको छ । भागबण्डाअनुसार माधवको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री पाउने सहमति भएको माधवले आफू निकट नेताहरुलाई जानकारी दिनुभएको छ ।
सवै कुरामा सहमति भइसकेकोले अव दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । सोही कारण बामदेव माधवतिर लागेर सरकारको नेतृत्व गर्न चाहनुभएको स्रोतले बतायो । तर माधव समुहभित्रै बामदेवलाई कुनै हालतमा सरकारको नेतृत्व दिन नहुने बलियो अडान देखिएको छ । बामदेवकै कारण नेकपा र एमालेसम्म विभाजन भएको र उहाँ पार्टीमा आए यो पार्टी पनि बिभाजन गरिदिने माधव समुहका नेताहरुको भनाई छ ।
माधवले बामदेवको कुरा नसुनेको अवस्थामा सोपार्टीबाट स्थायी कमिटी सदस्य बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी जनाउने लगभग निश्चित रहेको बताइन्छ ।












प्रतिक्रिया दिनुहोस्