ताप्लेजुङ, भदौ ७ । ताप्लेजुङको स्थानीय तहरुमा २०७७/८८ को आर्थिक वर्षमा ११ करोड एक लाख ६६ हजार रुपैयाँ बेरुजु भएको छ । गत हप्ता महालेखपरीक्षको ५८ लेखापरीक्षकको प्रतिवेदनले ११ लाख रुपैयाँभन्दा बढी बेरुजु भएको जनाएको छ ।
सिरिजंगा र पाथीभरा याङवरक गाउँपालिकाले कम बेरुजु गरेको महालेखापरीक्षकको प्रदिवेदनले देखाएको छ । सिरिजंगा गाउँपालिकाको बेरुजु छ लाख ३१ हजार रुपैंया देखिएको छ । सिरिजंगाको ९६ करोड ५६ लाख ७४ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाको बेरुजु पाँच लाख पाँच हजार रकम देखिएको छ । यो गाउँपालिकाको ७५ करोड ८३ लाख ८१ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो ।
फुङ्लिङ नगरपालिका पनि बेरुजु रकम कम हुने देशभरका उत्कृष्ट ११ औं तथा ताप्लेजुङ भरीका स्थानीय तहमा कम बेरुजु हुने तेस्रो स्थानीय तह बनेको छ । कम बेरुजु हुने नगरपालिकामा ताप्लेजुङको फुङ्लिङ नगरपालिका देशभरमै दोस्रो बनेको छ । फुङ्लिङ नगरपालिकाको बेरुजु ३४ लाख ६६ हजार रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । फुङ्लिङ नगरपालिकोे एक अर्ब ३१ करोड ४४ लाख ६१ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्