भक्तपुर, भदौ ७ । माधव नेपालको नयाँ दल दर्ताविरुद्ध उभिएका एमाले नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट आइपुग्नु भएको छ । एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताहरु बालकोट आइपुग्नुभएको हो ।
उहाँहरुले १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीबारे अध्यक्ष ओलीसँग छलफल गर्ने एक मात्र एजेण्डा रहेको बताउनु भयो । दश बुँदे कार्यान्वयनको मोडालिटीबारे अध्यक्षसँग छलफलका लागि आएका हौ, हामी पार्टीलाई थप बलियो बनाउने एजेण्डा मात्रै राख्छौं, बालकोट निवास पुग्नुभएका नेताहरुले भन्नुभयो ।
माधव नेपाल छाडेका ५७ जना नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेता नेपाललाई नयाँ दल दर्ताबाट पछि हट्न सुझाव दिँदै आउनु भएको छ । एमाले नेता सुवास चन्द्र नेम्वाङले ‘निरन्तरको प्रयासबाट नेताहरु अध्यक्षसँग छलफलका लागि बालकोट पुग्नुभएको बताउनु भयो । ‘पार्टीले अनुमोदन गरिसकेको १० बुँदे कार्यन्वयनमा लैजादा पार्टीभित्र सहमति कायम हुन्छ । त्यसमा अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ छ,’ नेम्वाङले भन्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालले नयाँ दल दर्ताका लागि कदम चालेकै कारण कार्वाही गरिएको भन्दै सो बिषय बाहेक अन्यमा आफू प्रतिवद्ध रहेको बताउनु भएको छ । अध्यक्ष ओलीले पार्टीबिरुद्ध माधवले गरेको अपराध क्षमायोग्य नरहेको पनि प्रष्ट पारिसक्नु भएको छ । आजको बैठकमा अन्य बिषयमा छलफल गरी साझा निश्कर्ष निकाल्ने योजना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्