काठमाडौं, भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन तेजावी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११९० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ११८० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्