काठमाडौं, भदौ ८ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । माधवकुमार नेपाल विहिन एमाले बैठक भर्खरै ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो । यसअघि आजै विहान ११ बजे बस्ने भनिएपनि बैठकको तयारी नपुगेको भन्दै दिउँसो ३ बजे बस्ने गरी सारिएको थियो ।
बैठकमा ‘तेस्रो धार’मा रहनुभएको नेताहरू एमालेमा नै रहने गरी सहभागी हुनुभएको छ । माधव पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले नेपाललाई आजैबाट औपचारिकरूपमा छाड्नुभएको हो ।
नेता नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता भने ओली र नेपाल दुवैतिर खुलिसक्नुभएको छैन । कतिपय नेताहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आइरहनुभएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।













प्रतिक्रिया दिनुहोस्