जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १६:४७

प्रधानमन्त्रीलाई लिष्ट दिएर सवैलाई मन्त्रीको ललिपप बाँडदै माधव, यी हुन देउवाको गोजीमा पुगेका ६ नाम


काठमाडौं, भदौ ८ । सत्ताका लागि पार्टी बिभाजन गरी नेकपा –एकीकृत समाजवादी) दल दर्ताको चरणमा रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतिर लाग्ने सांसद तथा केन्द्रीय सदस्यहरुको हरिबिजोग हुने देखिएको छ । मन्त्री दिन्छु भन्दै सांसदहरुलाइृ आफूतिर तानिरहनुभएका नेता नेपालले दल दर्ताको सनाखत भएपछि ५ जनालाई कुनै हालतमा कुनैपनि अवसर नदिने अठोट गर्नुभएको पाइएको छ ।

माधव निकट स्रोतका अनुसार उहाँले मन्त्री बनाउने सुची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नु भएको छ । तर बैठकमा र भेटन आउने साँसदलाई भने तपाई पक्का भन्दै मन्त्रीको लोभ देखाएर आफूतिर उभिन लगाउनु भएको छ । ‘माधव कमरेडले ५ मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइसक्नु भएको छ, सनाखतलगत्तै मन्त्री नियुक्त हुन्छन, त्यसअघि नाम सार्वजनिक गर्दा वा मन्त्री बनाउँदा अरु कोही नआउने भएकोले गोप्य राखिएको छ,’ माधवका किचन क्याविनेटमा रहेका एक नेताले जनताटाइम्ससँग भन्नुभयो ।

ती नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार यसपटक मन्त्री पठाउँदा मुकुन्द न्यौपाने, बेदुराम भुसाल, रामकुमारी झाँक्री, कल्याणी खडका, बिरोध खतिवडा र मेटमणि चौधरीको नाम परेको छ । अन्यलाई भने मन्त्रीको आश्वासन दिने काम भएको छ । यी नाम माधवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइ सकेको र सनाखतलगत्तै मन्त्री नियुक्त हुने ती नेताको भनाई छ ।

माधवले मन्त्रीको नाम बुझाइसके पनि संस्थापन छाडेर अन्तिम समयमा आफूतिर आएका प्रेम आले, किसान श्रेष्ठ र धनबहादुर बुढालाई मन्त्रीको आश्वासन दिएर सनाखत गराउने योजना बनाउनु भएको छ । त्यसो त उहाँले आफूतिर रहेकामध्ये १८ जना सांसदलाई मन्त्री बनाउने बताउनु भएको छ । आफूतिर तानेर सनाखत गराएपछि पार्टी छाडेर जान नपाइने भन्दै माधवले सवैलाई मन्त्रीको आश्वासन दिनुभएको हो ।