जनता टाइम्स

३ असार २०७६, मंगलवार १२:२२

गुठी विधेयकका बारेमा प्रधानमन्त्रीले बोेल्न खोज्दा कांग्रेसद्धारा अवरोध


काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बोल्नबाट अवरोध गरेको छ । प्रधानमन्त्री अगाडी आफुहरुले बोल्न पाउनुपर्ने माग गर्दै संसद बैठक अवरुद्ध पारेको हो ।

विहान ११ बजे बोलाइएको बैठक यही कारणले एक घण्टा ढिलो शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्ने वित्तकै कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले प्रधानमन्त्रीले बोल्न समय माग गर्नुभएकाले उहालाई समय दिएको जानकारी गराउनु भयो । प्रधानमन्त्री बोल्न रोष्टममा पुगेपछि कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै पहिला आफुहरुले बोल्न पाउनुपर्ने माग गरेका थिए । उनिहरुले संसदीय सर्वोच्चता कायम गर भन्दै नाराबाजी गरेका थिए ।

प्रधानमन्त्रीले गुठी विधेयक र आफ्नो युरोपका तीन देशका भ्रमणका विषयमा संसदलाई जानकारी गराउदै हुनुहुन्थ्यो । तर, कांग्रेस विधेयकका विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न नदिने हेतुले संसदनै अवरुद्ध गरेको नेकपाका सांसदको भनाई छ । कांग्रेसको अवरोधका कारण संसद बैठक भोली विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।