जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १५:५५

दल दर्तालगत्तै माधवले हाने प्रदीप नेपालमाथि लात


काठमाडौं, भदौ १० । नेकपा एर्ककति समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालले बरिष्ठ नेता प्रदीप नेपालमाथि सुरुमै घात गर्नुभएको छ । बरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवादको युग अन्त्य भएको घोषणा आफ्नै सहमतिमा गर्दासमेत प्रदीप जवजको पक्षमा उभिएपछि दल दर्तामा सनाखत गरेको भोलिपल्टै प्रदीपमाथि कार्वाही गर्दै हाइकमाण्डबाट फालिदिनु भएको हो ।

माधव नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिता पाएको थियो । आधिरिकता पाएसँगै सो पार्टीले राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाउदै हाइकमाण्ड गठन गरेको छ । आधिकारिकता पाएलगत्तै अध्यक्ष नेपालले आफूसहित झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन गर्नुभएको छ । हाइ कमाण्डले तत्कालका लागि पार्टीका सम्पूर्ण निर्णय गर्नेछ । पार्टीको सम्पुर्ण निर्णय लिन गठन गरिएको हाइकमाण्डबाट फालेर माधवले प्रदीपमाथि कार्वाही गर्नुभएको हो ।

हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।