जनता टाइम्स

३ असार २०७६, मंगलवार १४:१३

एनसीसी बैंक भिसा क्रेडिट कार्ड शुभारम्भ


काठमाडौं,

एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा २०७६ साल आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।

बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम÷पीओएस मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभीमा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ ।

एनसीसी भिसा क्रेडिट काडको शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

हाल बैंकले १२० वटा शाखा कार्यालय, ८१ वटा एटीएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ ।