काठमाडौं, भदौ ११ । एनआईसी एशिया बैंकले आजदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी उषा गोल्छाले आफ्नो स्वामित्वमा रहेको १८०० कित्ता संस्थापक सेयर बिक्री गर्नुभएको हो ।
उक्त सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालयमा दिन सकिनेछ । तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अघि बढाईने बैंकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्