काठमाडौं, ११ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पार्नुभएको छ । उहाँले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग कुनै कुरा नभएको पनि सुनाउनुभएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्रीले बोलाए विचार गर्न सकिने बताउनुभयो ।
‘प्रधानमन्त्रीजीसँग सामूहिक र अलग–अलग भेट्या छौं । तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन, उहाँले भन्नुभयो,‘शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।’ ठाकुरले भर्खरै पार्टी दर्ता भएको भन्दै उहाँले थप्नुभयो,‘हामीलाई बोलाउनु हुन्छ सोध्नुहुन्छ भने हामी आफ्नो कुरा राख्छौं ।’ चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उहाँको संकेत थियो ।














प्रतिक्रिया दिनुहोस्