दाङ, ११ भदौ । पछिल्लो समय जिल्लामा काठ तस्करहरु धमाधम समातिन थालेका छन् । केही दिनअघि २७ थान अवैध सालको काठसहित घोराही १० नारायणपुरका दुर्गा केसीको घरमा लुकाई राखेको अवस्थामा ४५ क्युफिट रहेको सालको चिरान काठ बरामद गरी डिभिजन वन कार्यालयमा पठाएको थियो ।
त्यहीँ दिन लमही नगरपालिका–२ राजपुरघाटबाट रा १ त ४०७३ नम्बरको ट्याक्टरमा अवैध रुपमा ओसार(पसार गर्दै गरेको अवस्थामा १८ थान ईपिलिपी जातको गोलिया सहित २ जना समातिएका थिए । शुक्रबार थप ३ जना समातिएका छन् । गढवा गाउँपालिका–६ गढवा–लमही रोडबाट अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्रहवाबाट लमहीतर्फ जाँदै गरेको लु २ च ७७४१ नम्बरको युढा कम्पनीको पिकअप जिपमा रहेको १७ थान साल जातको चिरान काठ सहित राप्ती–८ पिपरा बस्ने ३७ वर्षका विनोद चौधरी, गढवा गाउँपालिका–४ खड्गपुर बस्ने २४ वर्षका साहिद मुसलमान र राप्ती गाउँपालिका–५ कालापानी बस्ने २६ वर्षका प्रदीप कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठ तस्करीको अभियोगमा पक्राउ परेकाहरुमाथि आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्