काठमाडौं, भदौ १२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीविरुद्धको लडाइमा अघि बढ भन्नेहरूले नै धोका दिएको बताउनुभएको छ । पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले आफूलाई उक्साउनेहरुले नै धोका दिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन ।’ ओलीविरुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सफल भएको बताउुनभयो ।
उहाँले थप्नुभयो, ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए । उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्यौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो ।’













प्रतिक्रिया दिनुहोस्