जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार ०७:५०

यी क्षेत्रमा हुँदैछ भीषण वर्षा, सतर्कता अपनाउन अपिल (तीनको मौसमी विवरणसहित)


काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ।
काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। बागमती, प्रदेश-२, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पानी परेको छ भने प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले केही दिनयता पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

मानन्धरका अनुसार सोमबार साँझसम्म पानी क्रम जारी रहनेछ। ‘मंगलबार बिहान केहीबेर आकाश खुल्नेजस्तो देखिए पनि फेरि साँझबाट पानी पर्ने देखिन्छ,’ मानन्धरले भनिन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र १३ गते

दिउँसो देशको अधिकांस भू/भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी सम्भावना रहेको छ।


राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

०७८ भाद्र १४ गते

दिउँसो देशको अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी सम्भावना रहेको छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र १५ गते

दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।