जनता टाइम्स

३ असार २०७६, मंगलवार १५:४०

कांग्रेसको नाजायज अभ्यास : माधव नेपाल


काठमाडौं, असार ३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको बताउनुभएको छ । संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय अभ्यास बसाल्न खोजेको आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध सृर्जना गर्नु नाजायज हो,’ उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो ।’ संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले भनेको सुन्नुपर्ने उहाँले जिकिर गर्नुभयो । त्यसपछि मात्र प्रतिपक्षीले बोल्न पाउने बताउनुभयो । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको उहाँको आरोप छ ।