काठमाडौं, १४ भदौ । माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौंस्महासचिव पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने बताउनुभएको छ । सोमबार पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने प्रष्ट पार्नुभएको हो ।
‘मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्नेछौं’, पोखरेलले भन्नुभयो । माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्ष हारेपछि अर्को महाधिवेशन पर्खिन नसकी अध्यक्ष पद मागेर चोइटिएको उनको दावी थियो । एमालेको महाधिवेशनमा कार्यकर्ताले चाहे आफू नेतृत्व लिन सक्षम रहेको भन्दै अहिले केपी ओलीविरुद्धको ध्रुवीकरणलाई परास्त गर्न एमाले एकजुट हुने नेता पोखरेलले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्