जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार २३:०६

प्रचण्डको दवाव थेग्न नसकेर मध्यावधि चुनावमा जाने रणनीति प्रधानमन्त्री देउवा : चाले यस्तो कदम


काठमाडौँ, १६भदौ । मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गर्नुभएको छ ।प्रधानमन्त्री बनेको ५१ औं दिनमा शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सम्बन्ध सुधारको प्रयास गर्नुभएको छ ।

सरकारको नेतृत्व गरेसँगै देउवाले एमाले नेताहरूसँग संवाद ठप्प पार्नुभएको थियो ।अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेर अप्ठेरोमा परेका देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध विस्तार गर्न चाहेको प्रष्ट बुझन सकिन्छ । मन्त्री कार्कीलाई बालकोट पठाउनुको उदेश्य प्रधानमन्त्री देउवाले तेश्रो पटक संसद विघटन गर्ने प्रस्ताव गरेको एक स्रोत बताउछ । गठबन्धनको बैठकमा समेत देउवाले संसद विघटन गरेर मध्यावधि चुनाव गराउने मनसायको प्रस्ताव राखेको बालुवाटर सोतले जनाएको छ ।

उहाँको प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठाडै अस्वीकार गर्नुभएको छ । गठबन्धनका नेताहरुले संसद विघटन अस्वीकार गरेपछि देउवाले ओलीसँगको निकटता बढाएको एक नेताले बताउनुभयो । विगतमा पनि चुनावमै जानु पर्ने जोड बल गर्दै आउनुभएका सभापति देउवाले प्रचण्डको दवाव थेग्न नसकेर मध्यावधि चुनावमा जाने रणनीति बनाउनुभएको हो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउने पनि नेताहरुलाई भन्नुभएको छ । जति सक्दो चाँडो आफ्नू पार्टीको महाधिबेसन सक्ने त्यसपछि चुनावमा जाने देउवाको रणनीति बुझिन्छ ।

उहँले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेको त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल थालेको स्रोतको भनाई छ । देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाउनुले झनै देउवा चुनावकै पक्षमा रहेको बुझ्न सकिन्छ ।

एक राजनीतिका जानकारका अनुसार गठबन्धनमा प्रचण्ड लगायतका नेतालाई सँगै राखेर आफ्नू र पार्टीको भविष्य गतिलो नहुने भएपछि सभापति देउवा चुनावकै पक्षमा जाने बताउनुहुन्छ । प्रचण्डलाई लिएर सँगै हिँड्यो भने पार्टीको भविष्य धरापमा पर्ने देउवाले राम्रै सँग बुझ्नु भएको छ । त्यसैले जतिसक्दो चाँडो निर्वाचनै गर्नु देउवालाई फाईदा हुने देखिन्छ । निर्वाचन लगाएतकै सन्देश लिएर मन्त्री कार्कीलाई देउवाले ओली निवास पठाएको हुनसक्ने आकलन राजनीतिक वृत्तमा भएको छ । राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाउनुभएको हो । त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उहाँको चाहना पनि सुनाउनुभएको स्रोत बताउछ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको चर्चा चलेको छ ।

ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । भर्खर पार्टी विभाजन गरेका माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष चुनावमा जाने मनस्थितिमा छैनन् । उहाँहरू यही गठबन्धनलाई टिकाएर शक्ति आर्जन गरेर मात्रै चुनावमा भाग लिन चाहान्छन तर प्रतिपक्षी दलका नेता केपी ओली र देउवाको कुरा मिल्न सक्ने देखिएको छ । काँग्रेस पनि चुनावकै पक्षमा रहने र एमाले पनि चुनावकै पक्षमा हुनु अझ देउवालाई गठबन्धनका नेताको प्रेसर धेरै हुनुले देउवाले मध्यावधि गराउन सक्ने एक राजनीतिका जानकार बताउँछन् ।