जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १३:०९

अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन


काठमाडौं, १८ भदौ । अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको जनाएको छ । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

समायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा समायोजन गरिएको हो । यस्तै, ङादी ग्रुप पावरको समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा समायोजन गरिएको हो ।