जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १५:१४

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्रमा स्वीकृत


काठमाडौं, १८ भदौ । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी पत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिस बमोजिम भएको समझदारी पत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तिय संस्था घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकबाट (ग) वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भएको थियो ।