जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार २१:००

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत


काठमाडौं, १८ भदौ । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षमा जर्नादन बराल निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा बराल निर्वाचित हुनुभएको हो । अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित हुनुभएको छ ।