जनता टाइम्स

१९ भाद्र २०७८, शनिबार २२:१०

राष्ट्रपतिद्धारा संसद् अधिवेशन आह्वान


काठमाडौं, १९ भदौ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । बैठक आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने आह्वान गरिएको छ । अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ ।

आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइने छ । संसद् अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको थियो ।