काठमाडौं, भदौ २० । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभएको छ । देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने उहाँको भनाई छ । उनको यो भनाई सामाजिक संजालमा आएलगै गठबन्धन टुट्न सक्ने संकेतहरु देखा परेको राजनीतिक विश्लेषकहरुको दावी छ ।
देउवाले दार्चुला घटना भारत संग केहि बोल्न नसक्ने , चीन संग सिमा विवाद देखाएर दार्चुला घटना गुपचुप गर्नखोजेको तर्फ बाबुरामले संकेत गरेको बताईएको छ । डा. भट्टराई भन्नुभन्नुहुन्छ – देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ, ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ । यो उहाँको धम्कीपूर्ण सन्देशले हामी देउवाको सरकार ढाल्न सक्छौ भर्ने अर्थरहको राजनीतिक बृत्तमा चर्चा सुरुभएको छ ।














प्रतिक्रिया दिनुहोस्