जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १३:१९

मौलिक स्वतन्त्रता खोस्दै परमादेशको सरकार : भारतविरुद्ध गतिविधि गरे कारवाही गर्ने गृहको चेतावनी


काठमाडौँ, भदौ २० । भारतीय हस्तक्षेपविरुद्ध काठमाडौं लगायतका स्थानमा विरोध हुन थालेपछि गृह मन्त्रालयले फेरि कारवाहीको चेतावनी दिएको छ ।

भारतविरुद्ध हुने गतिविधि नगर्न फेरि पनि गृह मन्त्रालयले अपिल गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सो मन्त्रालयले मित्रराष्‍टसँगको सम्बन्धमा आँच आउनेगरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अपिल गरेको हो ।

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएको छ ।मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो ।

शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने तेतावनी दिउको छ । पछिल्लो समय दार्चुला घटना र एमसीसी परियोजनाविरुद्ध प्रदर्शन भइरहेको छ ।

आम नागरिकले बोल्न पाउन अधिकार र मौलिक स्वतन्त्रताका हन्न गर्न परमादेशको सरकार उद्त रहेको नागरिकहरुले आरोप लगाएका छन् । गणतन्त्रमा नागरिले आफ्नो निर्वादरुपमा बोल्न पाउनु पर्ने हो तर यो परमादेशको सरकार यसरी नागरीक अधिकारको खोस्नु पतनको बाटो तर्फ हिडेको आभास भएको नागरिक समाजका ब्यक्तिहरुको तर्क छ ।