जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १३:३७

नेप्सेमा लाग्यो नकारात्मक सर्किट ब्रेक, बजार ४० मिनेट बन्द


काठमाडौं, भदौ २० । साताको पहिलो कारोबार दिन आज नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको नेप्सेले जनाएको छ ।

अब बजार १ः३९ः५५ मा पुनः खुलेको छ । सो अवधिसम्ममा २१५ कम्पनीको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिद(बिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ।