काठमाडौं, २१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काउनु भएको छ । प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काउनुभएको हो ।
अध्यक्ष ओलीले नेतृ रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै देशका बारेका बोल्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गर्नुभएको छ । ‘जो मन्त्री हुनलाई खुट्टो उचालेर ठिक्क परेका छन्, तीनै मान्छे हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, आफैंले टाँसेको टेप (सरकारले टाँसिदिएको थिएन) फिल्मी स्टाइलमा फुकालेर बोल्न पाइन्छ भन्थे,’ ओली भन्नुभयो ‘अहिले सोध्न चाहन्छु म तिनीहरू र तिनका सरकारलाई( बोल्न पाइन्छ कि पाइँदैन नेपालमा ? देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन । राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?’ युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो , ‘अहिले किन भन्न सक्दैनन ती दलहरू ? ती दलका नेताहरु ? ती सरकारमा बसेकाहरू ? सरकारका सहयोगीहरू ? अपराधका हिस्सेदारहरू ?’ हिजो त जसलाई जे पनि गाली गरेको छ। माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ। अहिले कहाँ छन् ?, ओलीले प्रश्न गर्नूभयो हिजो अधिनायकवाद र निरशंकुता भो रे। अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ। शासन दमनकारी हुन पाउँदैन। शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन। खोस्नेलाई तानाशाह भनिन्छ। तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ।













प्रतिक्रिया दिनुहोस्