जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १२:३४

युनिलिभर नेपालले लाभांश बढायो, प्रतिसेयर ६५० रुपैयाँ प्रस्ताव


काठमाडौं, २२ भदौ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष ०७७र८८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २१ भदौमा बसेको सञ्चालक समितिको बैठकले गत आवबाट सेयरधनीलाई प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवमा प्रतिसेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । लगानीकर्ताले प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र पाउने छन् । कम्पनीले लाभांश वितरण र साधारणसभाका लागि भनेर २५ असोजमा बुक क्लोज तोकेको छ । युनिलिभरको दोस्रो बजारमा प्रतिसेयर १९ हजार ५०० रुपैयाँ सेयर मूल्य छ ।