जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १४:३३

कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्यूँसो – अध्यक्ष ओली


पोखरा, २२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउनुभएको छ । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताउनुभयो । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उहाँले अघि भन्नुभयो, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्यूँसो ,’हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उहाँले बताउनुभयो।अध्यक्ष ओलीले भन्नुभयो ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’