काठमाडौं, २२ भदौ । सुदूरपश्चिम सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । विगतमा नेकपा एमालेको माधव नेपाल पक्षबाट मन्त्री बन्नुभएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले राजीनामा दिनुभएको हो । नेकपा एमाले विभाजन भएपछि उहाँहरु नेपाल पक्ष छाडेर एमालेमै रहनुभएको छ । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएको थियो । गहतराज राज्यमन्त्री हुनुहुन्थ्यो । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको थियो । पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिनुभएको थियो । ।गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उहाँ आर्थिक मामिला मन्त्री बन्नुभएको थियो भने गहतराज राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
माधव नेपाल पक्षबाट मन्त्री बनेका २ जनाले दिए राजीनामा













प्रतिक्रिया दिनुहोस्