जनता टाइम्स

४ असार २०७६, बुधबार १६:४३

टिभिएस “सुपर सिजनफाइनान्स फेयर“ असार ८ गते सम्म भृकुटीमण्डपमा


काठमाडौं,
नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बामोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला“टिभिएस सुपरसिजनफाइनान्स फेयर”को आयोजनागर्ने भएको छ ।

असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालनहुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा,एक्स्चेञ्ज अफर रहेका छन् ।

जसअनुसार ग्राहकहरुले ७.९९ प्रतिशतब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्ने बताएको छ । ग्राहकहरुलाई गजबको आकर्षक मासिक िकस्ता रु.५,५००÷बाट सुरु हुनेछ। यी सबैभन्दा पनि ज्यादाग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३०,०००÷सम्मको बोनस पनि प्राप्तगर्नु हुनेछ ।

मेलाको अन्यआकर्षणहरुमा शुन्यप्रतिशतब्याजमाविशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् रु.७,०००÷देखि रु.१,००,०००÷सम्मपक्कापक्कीनगद पुरस्कार जित्ने मौकापनि रहेको जनाइएको छ । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीदगर्नु हुने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा पाउने जनाएको छ।