जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १४:१३

जनयुद्धका गुरिल्ला बनेरै अघि बढे सभामुख : हाकाहाकी बोले सफेद झुट (भिडियोसहित)


काठमाडौं, भदौ २५ । सभाुमुख अग्नि सापकोेटाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा जनयुद्धकालिन गुरिल्ला बनेर नेतृत्वको आदेश पालक बन्नुभएको छ ।

संसदको सवैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरुको नारावाजीबीच सभामुख सापकोटाले सफेद झटो बोल्दै बैठकमा गुरिल्ला बनेर प्रस्तुत हुनुभएको छ । बैठकमा सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ फिर्ताका लागि प्रस्ताव गर्न अनुमति दिँदा सुवालले प्रस्ताव पेश गर्ने बातावरण नभएको र प्रमुख प्रतिपक्षको नारावाजी रहेकोले बातावरण बनाएपछि पेश गर्ने बताउनु भयो ।

तर सभामुखले सफेद झुटो बोल्दै फिर्ता लिएको बताउनु भयो । सभामुखको सो भनाईको सुवालले कडा प्रतिवाद गर्नुभयो । तर सभामुख सापकोटाले पेलेरै गुरिल्ला कमाण्डर रहेको प्रमाण पेश गर्नुभएको हो ।