काठमाडौं, भदौ २५ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभउको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नारावाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।
प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ भने पूर्वाधारको बजेट कटौती गरी १४ सय सडक रोकिएको छ ।













प्रतिक्रिया दिनुहोस्