काठमाडौं, भदौ २५ । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गर्नुभएको थियो । सो तालिकालाई पारित गरिएका हो । पारितसँगै अव भदौ २७ गते तोकिएको पालिका अधिवेशन असोज ९ गते, असोज १ का लागि तोकिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते र एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोज १३ गतेका लागि सारिएको छ ।
यस्तै असोज १० का लागि तय एकभन्दा बढी भएका जिल्ला १६ गते गर्न प्रस्ताव गरिएको छ । यसैगरी प्रदेश अधिवेशन कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गते हुनेछ । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार रोकिएको २० जिल्लामा असोज ५ गते वडा अधिवेशन हुनेछ । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित हुनुभएन ।













प्रतिक्रिया दिनुहोस्