जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १४:०४

ब्रिक्स सम्मेलनमा भारत अध्यक्षताको सामरिक महत्व


यस प्रतिकुल अवस्थामा ब्रिक्सको छातामुनि कटरपन्थी शक्तिहरूलाई निस्तेज गरी दक्षिण एसिया, मध्य एसियालगायत अरु भागमा पनि अमनको वातावरण होस भनि दृढता ब्रिक्सले लिनु पर्नेछ । सांकेतीक रुपमा प्रस्ताव आएता पनि गुरुयोजनाका साथ ब्रिक्सका मुलुकहरूले अफगानिस्तानको संकट समाधानको लागि अगाडि बढ्नु पर्ने देखिन्छ ।

विपिन देव

भर्खरै सेप्टेम्वर ९ मा विद्युतीय माधयमवाट ब्रिक्स शिखर सम्मेलन समापन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उक्त शिखर सम्मेलनले अन्र्तराष्ट्रिय परिवेशका गहन मुद्दाहरूको वारेमा उठान गरेका छन् । हुनत भारतले ब्रिक्सको अध्यक्षता गर्ने अवसर सन् २०१२ र सन् २०१६ मा पनि प्राप्त गरेको थियो । तर यस पटकको शिखर सम्मेलनको परिवेश पृथक छ । संसार गम्भीर समस्याहरूवाट आक्रान्त रहेको छ । ब्रिक्स वास्तवमा एउता आर्थिक साझेदारीको मन्च हो । सन् २००१ चीनले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेको अवस्था, सन् १९९८ ताका भारतले न्यूकिलियर परीक्षणपछि खेपेको आर्थिक नाकावन्दीको पृष्ठभूमिमा ब्रिक्सको संरचना तयार भएको हो । सन् २००६ मा ब्रिक्सका सदस्यहरू चीन, ब्राजील, भारत र रसिया मात्र थिए । त्यतिखेर ब्रिक्सलाई वि.आर.आए.सी भनिन्थ्यो । सन् २०१० ताका दक्षिण अफ्रिका पनि ब्रिक्समा सहभागी भएपछि विधिवत रुपमा ब्रिक्सको रुपमा नामाकरण भयो ।

अर्थात् वि वाट ब्राजिल, आर वाट रसिया, आई वाट इण्डिया, सि वाट चाइना र एस वाट साउथ अफ्रिका बुझिन्छ । ब्रिक्स एक किसिमले उदीयमान अर्थतन्त्रहरूको आपसी समझदारीमा बनेको मञ्च हो । विश्व वैंक, अन्र्तराष्ट्रिय मुद्राकोष लगायत विश्वका मुर्धन्य वित्तिय संस्थाहरू पश्चिमा शक्तिहरूको प्रभावमा रहेको वेला उदीयमान अर्थतन्त्रहरू आफ्नो आर्थिक मेरुदण्डलाई बलियो बनाउनको लागि ब्रिक्स गठन गरिएको हो । जनसंख्याको हिसावले ४२ प्रतिशत प्रतिनिधित्व गरेका आठ संसारको कुल अर्थतन्त्रको ६५ प्रतिशत कारोवार गरेका ब्रिक्सका मुलुकहरू संसारको राजनीति, कूटनीति र अर्थनीतिमा गहिरो प्रभाव राख्ने सार्मथ्य वोकेको देखिन्छ । उर्जाको क्षेत्रमा रुसको अगुवाई हुनु, उत्पादनको क्षेत्रमा चीनको अगुवाई हुनु, सक्टवेयरको क्षेत्रमा भारतको अग्रणी भूमिका हुनु र कृषिको क्षेत्रमा ब्राजिलको भूमिकाले ब्रिक्सलाई महिमाण्डित गर्दछ । दक्षिण अफ्रिकाले सम्पूर्ण पिडित र प्रताडित वर्गको विम्वको रुपमा अन्तराष्ट्रिय मञ्चमा एउटा नयाँ संदेश दिन्छ ।

१३ औं ब्रिक्स सम्मेलनको अध्यक्षता गर्दै मोदीले केही वैश्विक मुद्दाहरूलाई आलोकित गरेको देखिन्छ । मोदीको संकल्पमा दृढता र कार्ययोजना पनि देखिन्छ । अर्को शब्दमा भन्ने हो भने मोदीले ब्रिक्सको उपलब्धिलाई रेखांकित गर्दै के भनेका छन् कि ब्रिक्सले विगत १५ वर्षमा विकास बैंक खोल्नु आपतकालीन व्यवस्थापनको पूर्वाधार बनाउनु र उर्जा सहयोग र समनव्यको लागि सम्र्पक र सम्वन्ध बढाउनु जस्ता क्रिमाक्ल गतिविधिले ब्रिक्सको महत्व विम्वित हुन्छ । आप्mनो चहकिलो र गहकिलो उद्घोषमा उनले सुत्रात्मक रुपमा चारवाट “सि” को अवधारणा ब्रिक्स सदस्याहरूको सामुनेमा राखेका छन् । सि, (कोपरेसन) सि (कन्टुयनीटि), सि (क्न्सोलीडेसन) र सी (कन्सेस्स्न) । कोरनाको कहरमा पनि १५० पटक ब्रिक्सको वैठक हुनुले ब्रिक्सको सक्रियतालाई प्रष्ट गर्दछ । ब्रिक्समा मन्त्रीस्तरीय वैठक मात्र २० पटक भएको छ । कोरोनाको कहरमा विद्युतीय माध्यमवाट विभिन्न संयन्त्रहरूको निर्माण ब्रिक्सको छातामुनि भएको छ भने अन्तरिक्षमा पनि विभिन्न समझादारीहरू भएको छ ।

आगामी दिनहरूमा कर प्रणलीमा आवश्यक समझदारी बनाई ब्रिक्सका मुलुकहरूको बीच व्यापारिक साझेदारी र सहयोगलाई सकारात्मक रुपले अगाडि बढाउनु मोदीले आफ्ना समकक्षीहरू समक्ष प्रस्ताव राखेका छन् । जुनकि साझा संकल्पमा पनि रेखांकित भएको देखिन्छ । भ्याक्सिन र हरित प्रर्यटनमा ब्रिक्स राष्ट्रहरू अगाडि बढ्न दृढ संकल्पित रहेको देखिन्छ । कोरोनाको कहरमा गरिव राष्ट्रहरूलाई कोरनाको खोप उपलब्ध गराउन ब्रिक्सका राष्ट्रहरूले आउने दिनमा आप्mनो सक्रियता बढाउने समेत उक्त सम्मेलनले घोषणा गरेको देखिन्छ । तदनुरुप चीनले ८० मिलियन खोप ७० वटा मुलुकहरूमा उपलब्ध गराएता पनि चिनिया खोपप्रति विश्व समुदायले आफ्नो विश्वास देखाएको छैन । ब्राजिलले १२ मिलियन खोप चीनलाई फिर्ता गरेका छन् भने पूर्वीय एसियाका मुलुकहरूले चीनिया खोप लिन तयार भएका छैन । इण्डोनेसिया यसमा प्रतिनिधि उदाहरण हुन् । भारतले हालसम्म ६५ मिलियन खोप सहयोगको रुपमा विभिन्न देशहरूलाई निर्यात गरेका छन् । भारतका खोप प्रति विश्व जनमत विश्वस्त देखिएका छन् ।

ब्रिक्सका सदस्यहरूमा आपसि मतभेद र मनभेद पनि प्रचुर मात्रामा छन् । चीन र रुस सामरिक साझेदार हुन । त्यस्तै भारत र रुस पनि सामरिक सामmेदार हुन् । ब्राजिल र दक्षिण अफ्रिका चीनसंगड चिठिएता पनि चीनिया अर्थतन्त्रको आकार र प्रभावका कारणले ब्राजिल र दक्षिण अफ्रिकासंग चीनको सहकार्य र सदभावको विकल्प छैन । ब्रिक्सको शिखर सम्मेलनमा पुटिनले अफगानीस्तानको समस्यालाई उठान गरेको देखिन्छ । अर्थात् पुटिनले अफगानीस्तानमा भइरहेको मानविय संकटलाई समाधान गर्न ब्रिक्सको सहर्कायमा जोड दिएका छन् । रुससंग अफगानीस्तानको सन्र्दभमा त्तितो अनुभव छ । अर्थात् अफगानीस्तानको भुमिका ७०,००० रसियन सैनिकहरूले सहादत दिएका छन् । रसियन सैनिकहरूलाई मृत्युवरण गराउने यी तालिवानीहरू नै थिए । हालका दिनमा रुस, चीन, इरान र पाकिस्तानको अफगानिीतानको द्वन्दका महत्वपूर्ण भुमिका भएता पनि यी मुलुकहरूको सामरिक स्वार्थ र नीति पृथक रहेको छ । रुस, चीन, पाकिस्तान र इरानको मिलनविन्दु एउटै के भने यी मुलुकहरूले तानाशाही पदतीलाई आत्मसाथ गरेको छ ।

अर्थात् अफगानीस्तानमा प्रजातन्त्र वहाली र मानव अधिकारमा यी मुलुकहरू निस्ठा पक्कै नै हुने छैन । चीनले तालिवानीहरूलाई आर्थिक सहयोग गरेर चीनमा भइरहेको भिगर मुस्लमानको विद्रोहमा तालिवानीहरूको तटस्ता खोजेको छ भने चीनको सिन्जायाङ्ग प्रान्तमा इश्लामीक कटरपन्थीहरूसंगको साँठगाँठलाई निष्तेज गर्न चीनले तालिवानीसंगको सम्वन्ध र सम्र्पकलाई बलियो बनाउन खोजेको हो । रुस पनि इश्लामिक कटर पन्थीसंग आक्रान्त रहेको अवस्था छ । भारत त आतंकवादीहरूको निशानामा नै छ । यस प्रतिकुल अवस्थामा ब्रिक्सको छातामुनि कटरपन्थी शक्तिहरूलाई निस्तेज गरी दक्षिण एसिया, मध्य एसियालगायत अरु भागमा पनि अमनको वातावरण होस भनि दृढता ब्रिक्सले लिनु पर्नेछ । सांकेतीक रुपमा प्रस्ताव आएता पनि गुरुयोजनाका साथ ब्रिक्सका मुलुकहरूले अफगानिस्तानको संकट समाधानको लागि अगाडि बढ्नु पर्ने देखिन्छ ।