जनता टाइम्स

५ असार २०७६, बिहीबार १२:१३

एनआईसी एशिया बैंक लिमिटेडकोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा


एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडा गल्ली र मेचीडाँगीमा आपm्नो ३३,३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवाअसार ४ गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखा रहितबैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाअध्यक्ष रामबल्लभ साह र विशेषअतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेश कुमार साह सुरीको उपस्थितीमा सम्पन्न भयो ।

यसैगरीे गाडा गल्ली र मेचीडाँगी शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिकावडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गर्नुभयो ।

शाखारहितबैंकिङ्गसेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीयप्रतिनिधिमार्फत् बैंकिङ्गसेवालिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्गकारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्यभई ग्रामीण र दुर्गम क्षेत्रहरुमाबैंकिङ्गकारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।