जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार ०६:५२

विश्वमा आजः पहिलो यान चन्द्रमामा, अफगान राष्ट्रपतिको हत्यादेखि अमेरिकी सेनाद्वारा मेक्सिको सिटी कब्जा


आज १४ सेप्टेम्बर । आज विश्व इतिहासमा महत्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । मानिसले बनाएको पहिलो यान चन्द्रमामा पुग्नेदेखि अफगानिस्तानका तत्कालिन राष्ट्रपति नुर मुहम्द तारकीको गोली हानेर हत्या भएको थियो । प्रस्तुत छ केही महत्वपूर्ण घटनाः

अफगान राष्ट्रपतिको हत्या

सन् १९७२ को १४ सेप्टेम्बरमा अफगानिस्तानका तत्कालिन राष्ट्रपति नुर मुहम्द तारकीको गोली हानेर हत्या भएको थियो । तारकीका कट्टर बिरोधी हफिजुल्लाह अमिनको निर्देशनमा सो हत्या भएको थियो । तारकीको हत्यापछि राष्ट्रपति बनेका अमिनको तीन महिनापछि सोभियत सेनाको अपरेसन स्ट्रोम–३३३ नामक सैन्य कारबाहीमा मृत्यु भएको थियो ।

मानिसले बनाएको यान चन्द्रमामा

सोभियत अन्तरिक्ष अनुसन्धान यान लुना २ चन्द्रमामा पुग्ने मानिसले बनाएको पहिलो यान हो । सन् १९५९ को १२ सेप्टेम्बरमा पठाइएको लुना १४ सेप्टेम्बरमा चन्द्रमामा पुगेर हराएको थियो । चन्द्रमामा पुग्ने वित्तिकै लुनाको पृथ्वीसँगको सम्पर्क बिच्छेद भएको थियो ।

अमेरिकाका २५औं राष्ट्रपतिको मृत्यु

सन् १९०१ को १४ सेप्टेम्बरमा अमेरिकाका २५औं राष्ट्रपति विलियम म्याककिन्लेको मृत्यु भएको थियो । ६ सेप्टेम्बरमा एउटा सार्वजनिक कार्यक्रममा कार्यकर्तासँग हात मिलाउने क्रममा म्याककिन्लेलाई दुई जनाले गोली हानेका थिए । पेट र छातीमा गोली लागेका उनको एक सातापछि मृत्यु भएको थियो । उनको कार्यकालमा अमेरिका र स्पेनको युद्ध भएको थियो ।

अमेरिकी सेनाद्वारा मेक्सिको सिटी कब्जा

अमेरिकी जनरल विनफिल्डको नेतृत्वको सेनाले सन् १८४७ मा मेक्सिकोको राजधानी मेक्सिको सिटी कब्जा गरेको थियो ।