बुटवल, भदौ ३० । एमाले उपमहासचिव घनश्याम भुसालले एमालेलाई हराउने शक्ति नेपालमा नभएकोभ न्दै अगामी निर्वाचनमा झनै शक्तिशाली बन्ने ठोकुवा गर्नुभएको छ । रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव भुसालले यस्तो ठोकुवा गर्नुभएको हो ।
‘बुद्धकै पालादेखि गणराज्यको कुरा थियो । बज्जिकाहरुमा आन्तरिक लोकतन्त्र भएकाले जस्तासुकै ठूला शक्तिलाई पनि झुकाए । हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो,’ भुसालले भन्नुभयो ।
उहाँले आज पनि एमाले सवैभन्दा ठूलो पार्टी भएकोले आत्तिने र मात्तिने काम गर्न नहुने बताउनु भयो । ‘हामी आज हामी कहाँ छौं रु एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन,’ भुसालले भन्नुभयो ।
एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्