जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १५:५४

केपी ओलीविरोधी गठबन्धनलाई चुनावबाटै ठेगान लगाउँछौ : टोपबहादुर रायमाझी


रुपन्देही, भदौ ३० । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले केपी ओली र एमालेबिरोधी गठबन्धनलाई चुनावबाट ठेगान लगाउने बताउनु भएको छ । बुटवलमा आज आयोजित कार्यकर्ता भेलामा बा्ेल्दै रायमाझीले यस्तो बताउनु भएको हो । अहिले सम्पूर्ण पार्टी एकातिर एमाले एकातिर भए पनि दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्ननसक्ने रायमाझीले बताउनु भयो ।

‘हामी एकजुट हुनुपर्छ । माओवादी पृष्ठभूमिको हामी ओलीकै नेतृत्वमा समृद्ध हुन्छ भनेर जोडिएका छौं । साथीहरु परपर जानुहुन्छ । भ्रममा नपरौं । जोडिऔ । अहिलेको आवश्यकता ओलीको नेतृत्वमा देश बनाउने हो,’ उहाँले भन्नुभयो । रायमाझीले उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको ठोकुवा पनि गर्नुभयो । नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको बताउनु भयो ।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे । फुटाउने कुचेष्टा गरे । ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्‍यौं । तर उहाँहरु नेकपाबाट भाग्नुभयो । आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन । गलत गर्नुभयो,’ रायमाझीलृ भन्नुभयो । पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्त गर्न खोजेको भन्दै रायमाझीले केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको टिप्पणी गर्नुभयो ।

‘प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँडे । काम गर्न नदिने, संसद विघटन गर्दा प्रतिगमन भन्ने ? ‘संसद पुनर्स्थापनापछि ओली नै आउँछ भनेर देशी विदेशी प्रतिक्रियावादी लागेर जनादेशको विरुद्धमा परमादेश आयो । पुरै डिजाइनमा देशपारिमात्र होइन समुद्र पार गरेर रेटेर ह्विप नलाग्ने भनियो,’ रायमाझीले भन्नुभयो । कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि अझै आफ्नै बलमा उभिन नसकेको उहाँको टिप्पणी थियो ।

‘यति हुँदाहुँदै पनि सरकार बनाउनुभएको छ, कांग्रेसको पुच्छर बन्नुभएको छ । कम्युनिस्टहरु कांग्रेसको पुच्छर हो ? गल्ती गर्नुभयो । अहिले त गर्नुभयो भोलि पनि कांग्रेसको नेतृत्वमा चुनावमा गठबन्धन बनाउने रे । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन । अब कांग्रेसको चुनावी घोषणापत्रमा महागठबन्धन गर्नेले विकास गर्छ ?’ रायमाझीले प्रश्न गर्नुभयो ।