जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार ००:४६

मानव शरीरबारे केही रोचक प्रसंग


काठमाडौं, भदौ ३१। मानव शरीरबारे धेरैलाई जिज्ञासा हुनसक्न । यसैलाई आज हामीले मानव शरीर सम्बन्धी केही रोचक बिषयलाई प्रस्तुत गरेका छौं ।

यी हुन माधव शरीरबारेको रोचक प्रसंग

मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।
तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ ।
आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।
अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।
धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।