जनता टाइम्स

२ आश्विन २०७८, शनिबार ०९:२९

यी हुन एक विद्यालय एक नर्स कार्यक्रमका लागि छानिएका पाँच प्रदेशका २२२ विद्यालय (सूचीसहित)


काठमाडौं, असोज २ । सरकारले थप २ सय २२ विद्यालयहरुमा ‘विद्यालय नर्स कार्यक्रम’ संचालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले तयार पारेको स्थानीय तहहरुको कार्य सञ्चालन मार्ग निर्देशनमा चालु आर्थिक वर्षभित्र प्रदेश १ र बाग्मती प्रदेशबाहेकका ५ ओटा प्रदेशमा ‘एक विद्यालय,एक नर्स कार्यक्रम’ सुरु गर्ने जनाइएको छ।

यसअघि प्रदेश १ र बाग्मती प्रदेशले ‘विद्यालय नर्स कार्यक्रम’ सुरु गरिसकेका छन्। नर्सिङ महाशाखाले तयार गरेको मार्ग निर्देशनमा यस वर्ष प्रदेश २ का हरिवन नगरपालिकामा ६ र चन्द्रपुर नगरपालिकाका १२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ। यस्ते गण्डकी प्रदेशको बाग्लुङ नगरपालिमा ५ र वेनि नगरपालिमा ५ विद्यालयमा नर्स कार्यक्रम सुचारू हुनेछ।

यस्तै लुम्बिनी प्रदेशको राप्तिसोनारी गाउँपालिका ५, त्रिवेणी गाउपालिकामा ११ विद्यालयमा सो कार्यक्रम सञ्चालन हुनेछ भने कर्णाली प्रदेशमा खाँडाचक्र , त्रीपुरासुन्दरी, चन्द्रननाथ, विरेन्द्रनगर, मुसिकोट, भेरिगंगा नगपालिकामा गरी ६० विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

अघिल्ला वर्षमा सुरु भएका प्रदेश २ का कलैया उपमहानरपालिकामा १० र राजविराज नगरपालिमा थप १० विद्यालयमा कार्यक्रम सुरु गर्न लागिएको छ । गण्डकीको गोरखा र गैंडाकोट नगरपालिकामा थप २० विद्यालयमा पनि विद्यालय नर्स कार्यक्रम सुरु गर्न लागिएको छ।

त्यसैगरी, कर्णाली प्रदेशको सल्यान र दैलेखमा २० वटा विद्यालय र सुदूरपश्चिम प्रदेशको डडेलधुरा र अछाममा पनि २० विद्यालयमा यो कार्यक्रम संचालन हुँदैछ । आर्थिक वर्ष ०७८र०७९ मा कर्णालीका जाजरकोट र हुम्लामा पनि १८ विद्यालय नर्स कार्यक्रम विस्तार हुने मार्ग दर्शनमा उल्लेख छ।

विद्यालय नर्स कार्यक्रम संचालनका लागि नर्सको मासिक पारिश्रमिक २८ हजार २ सय रुपैयाँ तोकिएको छ। औषधी-औषधीजन्य सामग्री खरिदका लागि वर्षको ५० हजार र कार्यक्रम अनुगमन र समीक्षाका लागि प्रति स्थानीय तहलाई २५ हजार छुट्याइएको छ।

यी हुन छनोट भएका बिद्यालय