जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १७:१८

अखिल अध्यक्षमा सुनिता बराल र महासचिवमा बडाल चयन, महरले लिए बिदा



काठमाडौं, असोज २ । अनेरास्वबियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । आज बसेको सचिवालय बैठकमा अध्यक्ष ऐन महरले बिदा लिनुभएपछि उपाध्यक्ष बराललाई अध्यक्षमा चयन गरेको हो । बैठकले सर्वसम्मत रुपमा बराललाई अध्यक्ष र बडाललाई महासचिव चयन गरेको बैठकस्थलमा रहेकी अनेरावबियू केन्द्रीय सदस्य प्रियंका भण्डारीले जानकारी दिनुभयो ।

महर नेकपा गठनसँगै अनेरास्वबियुको नेतृत्वमा पुग्नुभएको थियो । महरपछि अखिलको नेतृत्व बरालले पाउनु भएको हो । महरसँगै अध्यक्षका दावेदार अन्य पदाधिकारीले भने अखिलबाट बिदा लिएको बताइएको छ । बैठक अहिले पनि जारी रहेको छ ।