काठमाडौं, असोज २ । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले नेतृत्व परिवर्तनसँगै महाधिवेशन मिति तोकेको छ । आज सम्पन्न सचिवालय बैठकले अध्यक्षमा सुनिता बराललाई चयन गर्दै २३ औं महाधिवेशन मिति तोकेको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय सचिवालयको बैठकले चैत २४ देखि २६ सम्म २३औं महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।
यही बैठकबाट अनेरास्वबियु अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् । सचिवालय बैठकबाट अनेरास्वबियु अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्