जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १६:१४

सुनको भाउ स्थिर, चाँदीमा भारी गिरावट


काठमाडौं, असोज ३ । साताको पहिलो दिन आज सुनको भाउ स्थिर छ । शुक्रबार तोलाको ८९ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । तेजाबी सुनको भाउ आज तोलामा ८८ हजार ६५० रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले घटेर ११ सय ५० सय रुपैयाँमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।