जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १०:५८

रामरहिम कामरेड


कहिले बर्दियामा गएर बाँदर नाच नाच्छन
कहिले धनकुटा गएर धामी नृत्य देखाउँछन
लाज, घीन र सरम सबै त्यागेका छन
यिनलाई देख्नु पर्ला भनेर आफ्नै आँखा छोप्छन


प्रा.डा.बद्रीविशाल पोखरेल

कामरेड रामरहिम
कहिले स्वास्नीकै सारी लगाएर नाच्छन
कहिले सानी छोरीको जामा लगाएर
तिघ्रा हल्लाउँदै बुरुकबुरुक उफ्रिन्छन

कहिले बर्दियामा गएर बाँदर नाच नाच्छन
कहिले धनकुटा गएर धामी नृत्य देखाउँछन
लाज, घीन र सरम सबै त्यागेका छन
यिनलाई देख्नु पर्ला भनेर आफ्नै आँखा छोप्छन

रामरहिम कामरेड,
साख्खै बहिनी रावण कुमारीसित भद्दा दोहोरी गीत गाउँछन
निजी राजनीतिक काम वासना पूर्ति गर्न सदा हत्ते हाल्छन्
भविष्य कहिल्यै देख्तैनन केवल भातको टपरो मात्र देख्छन
त्यसैले यिनलाई खुमबहादुरले पनि खरिद गर्न भ्याउँछन
बाम राजनीतिलाई शौचालय बनाउँछन
रामरहिम कमरेड, त्यसैमा सदा रमाउँछन

रामरहिम कामरेड,
सपरिवार सभासद् बन्छन
यसका लागि हुरुक्क हुन्छन
ताकपरे मन्त्रिपरिषदमा सपरिवार हुल्छन
सुरसाको भन्दा ठूलो ओडारजस्तो मुख बाउँछन
सदा एक्लै हसुर्छन तर कहिल्यै अघाउँदैनन
आर्यघाटमा भए पनि एक पटक
प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउँ भन्छन
थेत्तरा छन, छिचरा छन,
यिनै हन्तकाली बाम नेता रामरहिम हुन