जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १२:२०

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला


काठमाडौं, ४ असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गर्नुभएको थियो । उहाँले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गर्नुभयो । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।