काठमाडौं, असोज ५ । आज सुनचाँदीको भाउ बढेको छ । सोमबार तोलाको ८८ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय पुगेको हो । तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ८८ हजार ७५० रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्