जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १५:११

निफ्राद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश बाँड्ने घोषणा


काठमाडौं, असोज ५ । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो ।